झापामा २२ वर्षीया किशोरी बलात्कृत

झापा, २५ जेठ । झापामा एक २२ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

कनकाई नगरपालिका-३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका-५ घर भएका २३ वर्षीय उज्वल राईलाई प्रहरीले बलात्कार गरेकाे आराेपमा पक्राउ गरेको हाे ।

किशोरी घुमफिर गर्न घरबाहिर निस्किएकाे अवस्थामा राईले मंगलबार साँझ ती किशोरीलाई बलात्कार गरेकाे भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

प्रहरीले राईलाई जबरजस्ती करणी सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *