कालीकोटको रास्कोटमा जीप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक गम्भीर घाइते

कालीकोट, २५ जेठ । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रास्कोटकाे बसपार्कबाट जितेका लागि छुट्न लागेकाे ग १ च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना भएकाे हाे ।

दुर्घटनामा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उहाँको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही सख्त घाइते भएकी छिन् । घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीयले चालक गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको जनाएकाे छ ।