नागरिकता विधेयक: राष्ट्रपतिद्वारा प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

काठमाडौं, २६ जेठ । सर्वोच्च अदाललते राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणकाे प्रतिलिपि झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।

अदालतले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने भनी मन्त्रिपरिषदले गरेको निर्णय पनि झिकाउन आदेश दिएको छ । सर्वोच्चले अन्तरिम आदेशको विषयमा छलफल जेठ ३० गते हुने गरी पेसी तोक्न पनि आदेश दिएको छ ।

मन्त्रिपरिषदको जेठ १२ गतेको बैठकले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो।

संविधान विपरीत राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि अदालतले जेठ २१ गते नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *