भक्तपुरकाे बालकोटमा ११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार
भक्तपुर, २६ जेठ । भक्तपुरकाे बालकोटमा ११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ ।
गत चैत २९ गतेदेखि यही जेठ १९ गतेसम्ममा पटकपटक बलात्कार गरेको आरोपमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने बर्ष ३१ को सुनिल बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार विश्वकर्मालाई ललितपुर महानगरपालिका लगनखेल बटुकभैरब अगाडिको पार्कबाट नियन्त्रणमा लिएको हो ।
परिसरबाट खटिएको प्रहरी निरीक्षक बीरबहाुदर बुढाऐरको टोलीले दिउँंसो साढे १२ बजे पक्राउ गरेको परिसरले जनाएकाे छ ।
अन्तिम पटक जेठ १९ गते अन्दाजी साढे ५ बजेको समयमा सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित कसुरदारको कोठामा जवरजस्ती करणी गरी फरार रहेको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका बिश्वकर्मामाथि थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
