कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
स्याङ्जा, २६ जेठ । कालीगण्डकी करिडोर निर्माणका क्रममा मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–५ स्यालबास निवासी ५५ वर्षीय पूर्ववडाध्यक्ष विष्णुबहादुर क्षेत्रीको जेसिबीको स्टेप्लाइजरले च्यापिएर मृत्यु भएको हाे ।
ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते हुनुभएको र उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ –५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।
घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ –५ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।