त्रिभुवन विमानस्थल नजिक गाेली प्रहारगरि लागुऔषध कारोबारी नियन्त्रण
काठमाडौं, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक गाेली प्रहारगरि लागुऔषध कारोबारी नियन्त्रणमा लिइएकाे छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेर नियन्त्रणमा लिइएकाे हो ।
विमानस्थल प्रहरी उच्च स्रोतका अनुसार युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । युवकलाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ ।