प्युठानकाे स्वर्गद्वारी दर्शन गरेर फर्केकाे गाडी दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु
प्युठान, २९ जेठ। प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कदै गरेकाे निजी गाडी दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्वर्गद्वारी बाट दाङतर्फ फर्कदै गरेकाे लु १ च ६३४५ नम्बरको निजी गाडी स्वर्गद्वारी नगरपालिका -४ भिङ्ग्रीकोटमा दुर्घटना भएको हाे ।
दुर्घटनामा गाडीमा सवार तीर्थयात्री सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका छन् ।
त्यस्तै तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ भने १ जना बालकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।