महोत्तरीकाे बर्दिबासमा २१ वर्षीया महिला बलात्कृत
महोत्तरी, ३० जेठ । बर्दिबास नगरपालिका-१० खैरबनामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् ।
बर्दिबास नगरपालिका-१० खैरबनास्थित २१ वर्षीया महिलालाई बलात्कार गरेकाे आराेपमा साेही वडा बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा लगेर बलात्कार गरेकाे उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बलात्कार सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।