भक्तपुरकाे सूर्यबिनायकबाट जुवातास खेलिरहेका ९ जना पक्राउ
भक्तपुर, ३१ जेठ । भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कबाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।
बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जना रहेका छन् ।
उनीहरू लाई मंगलबार साँझ विशेष सूचनाको आधारमा प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरिएकाे जनाएकाे छ ।