फनल्यान्ड इन्टरटेन्मेन्टले गर्याे नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
काठमाडाैं, ४ असार । विश्वमै लोकप्रिय खेलका रुपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ ।
फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले काठमाडौंकाे भद्रकालीस्थित ‘रियल आइस स्केटिङ’ खेलको सुरुआत गरेको हो ।
बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक रूपमा पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालन प्रबन्धक शालिकराम खत्रीका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताउनुभयो ।
“यसै खेलमा करिअर बनाउन चाहनेका लागि प्रशिक्षणका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय गेम आइस हक्कीका लागि पनि यहाँ तालिम गर्न सकिन्छ ।”
कम्पनीले खेलका लागि प्रत्येक शनिबार र आइतबार तथा बिदाका दिन टिकटको मूल्य रु ८०० तोकिएको छ भने अन्य दिनमा भने रु ५०० तोकिएको छ । एउटा टिकटबाट ४० मिनेटसम्म खेल खेल्न पाइन्छ । खेल खेल्ने क्रममा कम्पनीले हेल्मेट, जुत्ता, घुँडामा लगाइने गार्ड समेत उपलब्ध गराउँछ ।
खेलमा प्रयोग हुने उपकरण गुणस्तरीय र सुरक्षित रहनुका साथै प्रशिक्षणका लागि जनशक्ति पनि तयार रहेको उहाँको भनाइ छ ।
फनल्यान्डमा आइस स्केटिङका साथै जुम्पिङ, निन्जा ट्रेनिङ, रक क्लाम्बिङ, बुल राइडलगायत भिडियो खेलहरुमा डान्स, बाइक, कार रेस, भिआर–थ्रिडी गेम, बास्केटबल, एअर हक्की, ग्राभिटीको सुविधा समेत उपलब्ध गराइएको छ ।