स्रोत नखुलेको नेपाली ५३ लाख रूपैयाँसहित एक जना पक्राउ

काठमाडाैं, ४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नेपाली ५३ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *