हिन्दी फिल्म सञ्चालन गर्न नदिने निर्णयविरूद्ध हल सञ्चालक पुगे अदालत
काठमाडाैं, ६ असार । हिन्दी फिल्म आदिपुरूषकाे विवादपछि काठमाडौं महानगरभित्रका हलहरूमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने निर्णयविरूद्ध फिल्म हल सञ्चालकहरू अदालत गएका छन्।
चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । संघका अनुसार मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरेको छ।
बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटाएसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए।