मन्त्री किराँती र मेयर साम्पाङको सञ्जालमै जुवारीः सवालपछि मन्त्रीको पल्लाभारी, जवाफमा मेयरको धन्यवाद

काठमाडौं, ६ असार । छुच्चो स्वाभावका धरानका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई गफाडी भनेपछि मन्त्री किराँतीको चोटिलो जवाफ कर्फाउनु भएको छ । पछिल्लो समय अन्य मन्त्रीहरुको तुलनामा बढी चर्चामा रहनु भएका मन्त्री किराँतीलाई मेयर साम्पाङले ‘सुदन किराँती पनि गफाडी रैछन् श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् ! बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाई छ जे होस् ! जय पितापूर्खा !’ भनेर व्याङ्ग्य गरेपछि मन्त्री किराँतीले पनि चोटिलो जवाफ फर्कानु भएको हो । एक लाख ३२ हजार फलोअर्स रहेको आफ्नो पेजबाट मन्त्री किराँतीले साम्पाङलाई जवाफ दिदैँ लेख्नुभएको छ ।

त्यति मात्रै होइन मेयर साम्पाङले त्यतिले मात्रै चित्त नबुझेर ‘हाम्रो मेटिन लागेको इतिहासलाई उजागर गर्न चाहेको थें ! बुझेनछ ! धेरै बोल्नेको भर हुन्न भन्थे हो र छ ! ’ त्यसपछि मन्त्रीले जवाफ फर्काउनुभएकाे छ ।
मेयर साब नमस्कार !

‘फुस्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि रू ५० लाख विनियोजन भएको जानकारी गराउँदछु । हुनत हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला । अझ मलाई त यो पदमार्गको नाम तराई पहाड एकता पदमार्ग राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए ।’

मन्त्री किराँतीले जवाफ फर्काएको दुई घण्टा पनि पुग्न नपाउँदै ७ हजार बढीले लाइक गरेका छन् भने १२ सय बढी कमेण्ट प्राप्त भएका छन् । किराँतीको जवाफमा अधिकांशले किँरातीको पक्षमा कमेण्ट गरेका छन् । मेयर साम्पाङलाई कमेण्ट गर्दै केहीले आवेगमा आइहाल्नु भएन भनेका छन् भने कतिले सोझो मनको भएको भन्दै शुद्ध मनको मान्छेले छुच्चो बोली बोल्छ भन्दै समर्थन गरेका छन् ।

कतिले आवेगमा चाहिँ आइ नहालौं है मेयर र मन्त्री दाजुहरु भन्दै मिलेर काम गर्न सुझाव दिएका छन् । कतिपयले हरेक प्रतिनिधि यसरी जबाफदायी हुनुपर्छ भन्दै मन्त्रीलाई धन्यवाद दिएका छन् भने सबाल उठाएकोमा धन्यवाद भन्दै मेयर साम्पाङको पनि समर्थन गरेका छन् ।

मन्त्री किराँतीले त्यति लेखेपछि मेयर साम्पाङले सुदन किराती ज्युले संघीय योजनामा लाइदिनु भएछ ! जानकारी नदिएर अलि असमझ्दारी भयो ! धन्यवाद ! भन्दै फेरि अर्को स्ट्याटस लेखेर धन्यवाद दिनुभएको छ ।