ठूलाे परिमाणमा अवैध लागूऔषध एलएसडी ड्रग भित्र्याउने गिरोह पक्राउ
काठमाडौं, ८ असार । लागूऔषध नियन्त्रण ब्यूरोले चलाएको विशेष अपरेशनमा अवैध लागूऔषध एलएसडी ड्रग परिमाणसहित भित्र्याउने गिरोहनै पक्राउ परेका छन् ।
ब्यूरोले नेपालमा अहिलेसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) १० हजार १३० पिससहित ५ जनालाई पक्राउ गरेको हाे ।
ब्युरोले असार ५ गते २९ वर्षीय सुगम मैनालीलाई ७ वटा पिसको स्टिकर एलएसडी सहित पक्राउ गरेकाे थियाे । ब्युरोकाे अनुसन्धानका क्रममा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।
सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको ब्यूरोका एसपी चक्रराज जोशीले बताए ।
मिनाडियो बस्दै आएको ठमेलको होटल कोठाबाट १० हजार ९८ थान एलएसडी, ३८ ग्राम मेथामफेन्टामाइन, १ लाख ३९ हजार भारतीय रुपैयाँ, ७ सय युरो बरामद भएको थियो ।
गौतमसँगै पक्राउ परेकी चेक गणतन्त्रकी ३२ वर्षीया मार्टिना सर्नाको साथबाट २६ थान स्टिकर र मेथामफेन्टामाइन ४ सय मिलिग्राम बरामद भएको थियो ।
निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।
‘एलएसडी जिब्रोमा राखेपछि आफैं बिलाउँछ र घण्टौंसम्म झुम्म बनाउने एसपी जोशीले बताए ।