शिक्षा अधिकृतलाई कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष पक्राउ

दाङ, ८ असार । शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा दाङ शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई बिहीबार दिउँसो कुटपिट गरेको भन्दै वडाध्यक्ष सुनिल वलीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए।

शान्तिनगर गाउँपालिकाले वडा अध्यक्ष वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको थियाे ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको थियाे।

उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेपछि शुक्रबार पक्राउ गरिएको हो ।