दुई केजी सुनसहित रुपन्देहीबाट एक जना पक्राउ
रुपन्देही, १० असार । दुई केजी सुनसहित एक जनालाई सशस्त्र प्रहरी रुपन्देहीले पक्राउ गरको छ ।
प्रहरीले रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित गए राति दाङ घोराही नगरपालिका-१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बिशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
चेकजाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँट्टा फेला परेको उहाँको भनाइ छ ।
“सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाई उक्त वस्तु ल्याइएको पाइएको छ”, थापाले भन्नुभयो हामीले भन्सार कार्यालयमा बुझाएका छौ, “आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।”
