आठ लाख रूपाैयाँ नगधसहित वीरगञ्जबाट हुण्डी कारोबारी पक्राउ

पर्सा, १२ असार । पर्साकाे वीरगञ्जबाट आठ लाख रूपाैयाँ नगधसहित एक हुण्डी कारोबारी पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिका १६ स्थित खडक खण्डबाट बारा प्रसौनी गाउँपालिका २ का सुनिल कुमार साहलाई प्रहरीले रकमसहित पक्राउ गरेकाे हो।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना २८ प ९००८ नम्बरको मोटरसाइलकमा सवार उनलाई १ हजार दरका ८ सय थान नेपाली नोटसहित पक्राउ गरेको हो।

हेलमेट भित्र राखेर ल्याएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको वीरगञ्जका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।

यही असार ८ गते पक्राउ परेका उनलाई जिल्ला अदालतबाट बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँचदिन म्याद लिएर प्रहरीले सोमबार सार्बजनिक गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *