दुर्गम जिल्लाहरुमा पनि प्रयोग हुन थाल्याे नेपाल इको प्यानल
काठमाडौं, १३ असार । देशका दुर्गम जिल्लाहरुमा पनि नेपाल इको प्यानलका निर्माण सामग्री प्रयोग हुन थालिएको छ ।
पछिल्लो पटक संखुवासभा जिल्लास्थित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत कर्मचारीहरु वस्ने भबनका लागि नेपाल इको प्यानलको प्रयोग गरिएको हो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले विकट दुर्गम गाउँंहरुमा पुर्याउन सहज हुने भएकोले यसको प्रयोग हुने गरेको जनाए । यातायातको सहज सुविधा नभएका विकट ठाउँंहरुमा पुर्याउन हाम्रो इको प्यानल निकै नै सहज हुन्छ, उनले भने, यो हलुका हुने भएकोले सवैतिर पुर्याउन सहज हुने भएको हो ।
इटा, सिमेन्ट जस्ता सानोसानो टुक्रा नभई ठूल्ठूलो हुने र साथै हलुका पनि हुने भएको यसलाई विकट ठाउँंहरुमा पुरयाउन सहज हुने भएको हो । इको प्यानल पहिला नै कारखानामा तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने आधुनिक निर्माण सामाग्री हो । यसको प्रयोग गर्दा इटा, सिमेन्टको गाह्रो लगाउँंदा जस्तो सिमेन्ट घोलेर वस्न नपर्नेलगायतले पुयाउन मात्रै नभई प्रयोगमा पनि सहजता हुन्छ ।
यस हिसावले गिटी, ढुंगा, सिमेन्ट, डण्डीलगायतका निर्माण सामाग्री पुरयाउन असहज हुने दुर्गम ठाउँंहरुको लागि इको प्यानल बरदान नै सावित छ । कम्पनीका सिइओ इन्जिनियर दुवालले यी प्यानलहरु हिमाल, तराई अनि पहाड सवैतिर उतिकै उपयोगीसिद्ध भएको बताए ।
बाहिरको ताताे, चिसो भित्र नआउने भएका कारण जाडो वा गर्मी दुवै हुने ठाउँंहरुमा यसको उपयोगिता विशेष रहने उनले बताए । बाहिर जाडो हुने ठाउँंमा पनि यसको प्रयोगबाट कोठामा जाडो नहुने र बाहिर गर्मी हुने ठाउँंमा पनि गर्मी हुन नदिने यसको विशेष विशेषता भएकाले यसको प्रयोग जुनसुकै वातावरण भएको ठाउँंमा पनि उतिकै उपयोग रहेको उनले बताए ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । निर्माणस्थलमा लगेर जोडे मात्रै पुग्ने भएकोले यसको प्रयोगबाट तीव्र निर्माण पनि सम्भब हुन्छ ।
