जिल्ला अदालत ललितपुरकी महिला कर्मचारीमाथि हातपात गरेकाे आराेपमा वकिल पक्राउ
ललितपुर, १४ असार । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन् ।
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेकाे भन्ने उजुरीका आधारमा ललितपुर प्रहरी परिसरले अधिवक्ता लामिछानेलाई पक्राउ गरेको हो।
मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ ।
लामिछानेले भने फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्।
उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
