रु एक अर्ब ७५ करोड घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका रमेश उपरकोटी र अविशेक कार्कीविरुद्ध मुद्दा दायर

काठमाडाैं, १७ असार । रु एक अर्ब ७५ करोड घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका एक कर्मचारी र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

उनीहरूले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रु एक अर्ब ७५ करोड बराबरको घुस रकमसहित पक्राउ गरेको थियो ।

आरोपीद्वयलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।