मोरङमा अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ
मोरङ, १८ असार । मोरङकाे सुन्दरहरैचा नगरपालिका-१० सुकुमबासी बस्तीबाट अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् ।
सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले आइतबार राति पक्राउ गरेको हाे ।
दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहँदा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने बेलबारी नगरपालिका-२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
