बलात्कार गरेकाे अभियोगमा एकजना पक्राउ

रूपन्देही, १९ असार । १२ वर्षीया बालिकालाई बलात्कार गरेकाे अभियाेगमा रूपन्देहीबाट एक जना पक्राउ परेका छन् ।

रूपन्देहीकाे सियारि गाउँपालिका-४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

हरिजनले ती बालिकालाई शुक्रबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले बलात्कार घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *