अवैध लागूऔषधसहित धनगढीबाट एकजना पक्राउ

कैलाली, २१ असार । कैलालीकाे धनगढीबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोहीठाउँ बस्ने ३४ वर्षीय राम बिलाश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेर अनुसन्धान अघि बढाएकाे जनाएकाे छ ।