सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु छोराको मृत्यु, बस धनी गम्भिर घाइते
सल्यान, २१ असार । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु छोरा दुबै जनाको मृत्यु भएको छ भने बस धनी गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको चोर खोला भन्ने ठाउँ नजिक विद्युत्को लत्रिएका तारले रा १ ख ८३४ नम्बरको बसलाई छोएको थियो ।
बसलाई छुँदा करेन्ट प्रवाह भएर बाबु छोरा दुबै जनाको मृत्यु भएको हाे भने बस धनी सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली गम्भीर घाइते भएकाे प्रहरीले जनाएको छ ।
गम्भीर घाइते वलीलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।