धानखेत मासेर किवी खेतीमा आकर्षित हुँदै किसान

स्याङ्जा, २२ असार । स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुुन थालेको छ ।

किवीको मूूल्य र बजार राम्रो भएपछि यहाँका कृषक धानखेत मासेर व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका हुन् । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च छ ।

फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी लिइरहनुुभएको छ । आठ वर्ष अघिदेखि सुरु गरेको व्यवसाय फस्टाउँदो छ । उहाँले गाउँमै छ रोपनी जग्गामा किवी खेतीसँगै दुुई हजार कुुखुुरापालन पनि गर्दै आउनुुभएको छ ।

“आठ वर्ष पहिले धान रोप्न ठिक्क पारेको खेतमा किवीका बिरुवा लगाएको थिए”, पराजुलीले भन्नुुभयो, “अहिले किवीले राम्रो उत्पादन दिएको छ, किवीकै आम्दानीले घरखर्च पनि चलाएको छु ।” उहाँले उत्पादित किवी बिक्री लागि बजारको समस्या नभएको बताउनुुभयो ।

पराजुलीले गरेको किवी खेतीमा डाक्टर चन्द्रमान श्रेष्ठले प्राविधिक सहयोग गर्नुभएको छ । शिक्षण पेसा अँगाल्नुुभएका उहाँ शिक्षण पेसा छोडेर राजनीतिमा आउनुुभयो । राजनीतिलाई उत्पादनसँग जोडेर सुुशासन कायम गर्नुपर्छ भन्ने हेतुले उहाँ कृषि पेसामा आबद्ध भएको बताउनुुहुुन्छ ।

“म विज्ञानको विद्यार्थी भएकाले उच्चतम प्रविधिको उपयोग गरी बाँच्न सिक्नुपर्छ भन्ने सोच सानैदेखि थियो ।” पराजुलीले भन्नुुभयो, “आधुनिक प्रविधिको उपयोग गरेर कृषिमा लाग्छु भन्ने सङ्कल्पसहित कृषि व्यवसायमा आबद्ध भएको हुुँ ।” पराजुलीले कृषकका कृषि बालीमा राज्यले उपचार र प्राविधिक सहयोग निःशुल्क गर्नुपर्नेमा जोड दिनुुभयो । उत्पादनका आधारमा कृषि पकेट क्षेत्रलाई अझ विस्तार र विकास गर्न सरकारसँग उहाँको आग्रह छ ।

किवी वैशाखमा फूल खेल्ने र कात्तिकबाट पाक्न सुरु गर्छ । किवी फलमा प्रोटिन, चिल्लो, कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, फस्फोरस, पोटासियम, भिटामिन ए, भिटामिन सीलगायतका तत्व पाइने भएकाले बहुउपयोगी फलको रुपमा लिइन्छ ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाभित्र गरिएका हरेक कृषि कर्मलाई प्राथमिकता दिने गरिएको बताउनुुभयो । उहाँले गाउँपालिकामा रहेर कृषिकको हितका लागि उत्पादनमा आधारित १५ प्रतिशत अनुदान दिएको बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *