डोटीमा विषालु च्याउ खाँदा एउटै गाउँका ११ जना बिरामी

डोटी, २४ असार । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका स्थानीय ११ जना विषालु च्याउ खाए बिरामी भएका छन् । उनीहरू स्थानीय विषालु च्याउ खाएर बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेका छन् ।

बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *