निसीखोला गाउँपालिकामा १५ वर्षीया किशोरी बलात्कृत

बागलुङ, २४ असार । निसीखोला गाउँपालिकाका १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा निसीखोला गाउँपालिका-४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हाे ।

किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा लगेर बलात्कार गरेकाे उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रहरी बलात्कार सम्बन्धी घटनामा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।