६४ करोड ९४ लाख बिगो दाबीसहित बल्छी ध्रुवेलगाएतका कलाकारविरुद्ध अभियोग पत्र दर्ता

काठमाडौं, २५ असार । सोमबार कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) लगाएतका कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार बल्छी ध्रुवे, राजु मास्टरसहित बेगम नेपाली, एलिस राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाउँदै अभियोग पत्र दर्ता गरेको हाे ।

उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । अभियोग पत्रमा उनीहरूले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरूसँग बिगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *