सिद्धि गणेश मावि कागेश्वरी मनहराका प्रअ र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका १ मा रहेकाे सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष घुस रकमहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई १६ हजार रुपैयाँ घुससहित पक्राउ गरेकाे हाे ।

आयोगले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।

घुस रकमसहित पक्राउ परेका उनिहरूमाथि आवश्यक कार्वाही थालिएकाे आयाेगले जनाएकाे छ ।