उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत
उदयपुर, २८ असार । उदयपुरमा ५५ वर्षीया महिला बलात्कृत भएकी छन् ।
चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई प्रहरीले बुधबार साँझ बलात्कार आराेपमा पक्राउ गरेको हाे।
५५ वर्षीया महिलालाई बास्तोलाले असार १३ गते सोही नगरपालिका-६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको बेला बलात्कार गरेकाे भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले बलात्कार अभियोगमा पक्राउ परेका बास्तोलालाई थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।