एलओडीका म्यानेजरसहित २ जना कर्मचारी पक्राउ
काठमाडौं, १ साउन । चर्चित नाइट क्लब एलओडीका म्यानेजरसहित २ जना कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले नाबालिगलाई क्लबमा प्रवेश गराएकाे भन्दै एलओडीका म्यानेजरसहित २ जना कर्मचारीलाई पक्राउ गरेकाे हो ।
परिसरले पक्राउ पर्नेमा म्यानेजर सहदेव सेढाई र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको जनाइएको छ ।
यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए।
नाबालिगलाई क्लबमा छिराएको भन्दै प्रहरीले एलओडीका साहुलाई नियन्त्रणमा लिएको थियो । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।
उनीहरूले जेठ ३० गते उक्त क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोप छ। त्यसरी प्रवेश गराउँदा ती नाबालिगलाई ललितपुर पुर्याएर एक पुरूषले बलात्कार गरेका थिए।
बलात्कार आरोपी सुदनबहादुर कोइरालालाई पनि प्रहरीले पक्राउ गरीसकेकाे छ। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।
