सिनामंगलमा भेटियाे शंकास्पद वस्तु, सेनाको बम डिस्पोजल युनिटलाई खबर

काठमाडौं,३ साउन । काठमाडाैंकाे सिनामंगल स्थित एक सुन पसल अगाडी शंकास्पद वस्तु फेला परेको छ।

काठमाडौं प्रहरी परिसरका पवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेऊमा रहेकाे एक सुन पसल अगाडी शंकास्पद वस्तु फेला परेको हो।

शङ्कास्पद वस्तुसँगै एक पर्चा पनि फेला परेको छ । अहिले त्यहाँ महानगरीय प्रहरी वृत्तका टोली पुगेकाे छ भने शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ ।