उदयपुरमा ५५ वर्षिया महिला बलात्कृत

उदयपुर, ३ साउन । उदयपुरमा एक ५५ वर्षिया महिला बलात्कृत भएकी छन् ।

प्रहरीले ५५ वर्षिया महिलालाई बलात्कार गरेकाे अभियोगमा त्रियुगा नगरपालिका-६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्कीलाई मंगलबार बिहान पक्राउ गरेको हाे ।

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।