त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडाैं, ३ साउन ।काठमाडाैं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको हाे ।

विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ ।

अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

प्राप्त जानकारीअनुसार दुई जनालाई पक्राउ पनि गरिएको छ । घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ ।