विमानस्थलबाट बरामद सुन जोख्नका लागि टक्सारमा लगियो

काठमाडाैं, ४ साउन । अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेको अवस्थामा बरामद गरिएकाे सुन जोख्नका लागि टक्सार विभाग लगिएको छ ।

राजश्व अनुसन्धानको कार्यालयबाट ८ वटा पोका पारेर १६० ढिक्का सुन नापजाँचका लागि टक्सार महाशाखा बबरमहलमा लगिएको हो।

राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको सुन बाेकेकाे ट्याक्सी सिनामंगलबाट बरामद गरेको थियो।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *