दाङमा सार्वजनिक बस भित्र ७३ वर्षीया वृद्धा माथि सामूहिक बलात्कार, दुईजना पक्राउ
दाङ, ५ साउन । दाङकाे तुलसीपुरमा सार्वजनिक बस भित्र ७३ वर्षीया वृद्धामाथि मध्यराति सामूहिक बलात्कार भएको छ।
तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको सार्वजनिक बसभित्र प्युठानकी ७३ वर्षीय वृद्धामाथि मध्यराति सामूहिक बलात्कार भएको प्रहरीले जनाएकाे छ ।
सामूहिक बलात्कारमा पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक रहेका छन्।
प्रहरीले बिहीबार उनीहरूलाई बसभित्र वृद्धामाथि पालैपालो बलात्कार गरिरहेकै अवस्थामा मध्यराती १२ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
प्रहरीले ती वृद्धाको उद्धार गरी राति नै स्वास्थ्य परीक्षण गरी तुलसीपुरकै सेफ हाउसमा राखिएको जनाएकाे छ ।