धरानमा गोली प्रहार गरी युवकको हत्या

काठमाडौं, ५ साउन । सुनसरीको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

लुटेरा समूहले गोली प्रहार गरेर चौधरीकाे हत्या गरेकाे प्रहरीले बताएको छ । साथै उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको बताइएको छ ।

सुनसरी प्रहरीका अनुसार उनको दाहिने कोखामा गोली लागेको छ । घटनाको अनुसन्धान भइरहेको र गोली प्रहार गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।