सुनसरीको इनरुवामा बिपीको सालिक अनावरण
सुनसरी, ६ साउन । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा पूर्णकदको सालिक अनावरण गरिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।
इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।
