सप्तरीमा ३५ वर्षीया महिला बलात्कृत
सप्तरी, ८ साउन । सप्तरीमा एक ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।
सप्तरीकाे शम्भुनाथ नगरपालिका-५ मोहनपुरबाट ३५ वर्षीया महिलालाई बलात्कार गरेकाे आराेपमा
३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मोहनपुरबस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय श्री नारायण सदा रहेका छन् ।
उनीहरू समेतका ५ जनाले सोही नगरपालिका-५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति बलात्कारगरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनमा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।