निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने २४ सय जनालाई आयोगकाे १५ हजार जरिवाना (सूचीसहित)

काठमाडौं, ९ साउन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण तोकिएको समयमा सार्वजनिक नगर्ने २ हजार ४ सय ३५ उम्मेद्वारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेद्वार र एक हजार ३९८ जना प्रदेश सभा सदस्यका उम्मेद्वारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना हुने आयोगले ठहर गरेको जनाएकाे छ ।

आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको जनाएको छ ।

कारबाहीमा प्रमुख दलका नेताहरू नेपाली कांग्रेसका गगन थापा, रमेश लेखक, विनोद चौधरीसहित २१ जना रहेका छन् । नेकपा माओवादी केन्द्रका पम्फा भुसाल, महेन्द्र राय यादव, गिरिराजमणि पोखरेलसहित १२ जना, नेकपा एमालेका राजन भट्टराई, सर्वेन्द्र खनाललगायत १८ जना, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठसहित ३९ जना, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, स्वतन्त्र उम्मेद्वार प्रभु साहलाई पनि १५ हजार जरिवाना तिराउने आयोगले निर्णय गरेको छ ।