एक क्विन्टल सुन प्रकरण : सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा, ठूलो परिमाणमा ब्रेक शु बरामद
काठमाडौं, १० साउन । एक क्विन्टल सुन प्रकरणमा अनुसन्धानकाे क्रममा रेडी ट्रेड कम्पनीको सोह्रखुट्टेस्थित गोदाममा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
रेडी ट्रेड कम्पनीकाे गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेर ठूलो परिमाणमा ब्रेक शु बरामद गरेको छ ।
गत बुधबार रेडी ट्रेडको नाममा हङकङबाट आएको कार्गोमा मोटरसाइकलको ब्रेक शुमा राखेर ल्याइएको एक क्वीन्टल सुन भेटिएको थियो ।
साउन २ गतेअघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ब्रेक शु बरामद भएको हो । उक्त ब्रेक शु परीक्षणका लागि राजस्व अनुसन्धान विभागले अनुसन्धानका लागि लिएर गएकाे छ ।