बागमती प्रदेशमा गाडी भाडा घट्याे, हेर्नुहाेस सूचीसहित
काठमाडौंं, ११ साउन । आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ ।
नेपाल आयल निगमले साउन १ गते प्रेटाेलियम पदार्थकाे मूल्य समायाेजन गरेपछि बागमती प्रदेशले गाडी भाडा समायोजन गरेको हो ।
बागमती प्रदेश अन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत भाडा घटाएकाे छ ।
घटेकाे भाडा अनुसार काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।
उक्त भाडादरमा १५ केजीसम्म यात्रुलै निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ ।
त्यस्तै मालबाहक सवारीमा प्रतिकिमि प्रतिटनको घटेको भाडा अनुसार १३ रुपैयाँ ७४ पैसा लाग्ने छ ।
हेर्नुहाेस सूचीसहित