मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर बलात्कार आरोपमा पक्राउ
काठमाडौं, १२ साउन । एक किशाेरी माथि बलात्कार गरेकाे आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।
पोखरेल त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भर्ना भएर बसेको थियाे । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार उनलाई प्रहरीले आज बिहान अस्पताल परिसरबाटै पक्राउ गरेको हो ।
आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् ।
प्रहरीले आरोपी पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएकाे छ ।