आफ्नै छोरी बलात्कार गरेकाे आराेपमा दाङबाट बाबु पक्राउ
दाङ, १२ साउन । आफ्नै छोरीलाई बलात्कार गरेको कसुरमा दाङका एक पुरुष पक्राउ परेका छन् ।
धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा मजदुरीको सिलसिलामा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै छोरीसँग एउटै कोठामा बस्दै आएका बुवाबाट पटकपटक करणी गरी गर्भ रहेपछि बलात्कार गरेको खुल्न अएकाे हाे ।
१७ वर्षीय छोरीमाथि बावुबाट पटकपटक करणी भएर पाँच महिनाको गर्भ रहेको खुल्न आएपछि आफ्नै घर दाङ गएकाेबेला पीडित नाबालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी बताउनुभयो ।
धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङमा पुगेर मात्रै घटना बाहिरिएको हो । पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो ।
घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले आज तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनुभयो ।