एक क्विन्टल सुन प्रकरणमा होटल भियना ठमेलका सञ्चालक दावा छिरिङ पक्राउ

काठमाडाैं, १४ साउन । एक क्विन्टल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित होटल भियनाका सञ्चालकलाई पक्राउ गरेको छ।

विभागले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उक्त होटल उनकी श्रीमतीको नाममा छ।

सुन प्रकरणमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो। उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।

विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ।
योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *