एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई १५ दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं, १४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएकाे एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उच्च अदालत पाटनले पक्राउ परेका उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेक शुमा अन्दाजी एक क्विन्टल भन्दा बढी सुन भित्र्याएको थियो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर छुटेपछि सिनामंगलबाट राजश्व अनुसन्धान विभागले सुन बाेकेकाे ट्याक्सीसमेत बरामद गरेको थियो।
त्यसयता विभागले १८ जनालाई पक्राउ गरेको छ । आइतबारमात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरूमाथि विभागले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ।