संसद बैठक एक साताका लागि स्थगित
काठमाडौं, १६ साउन । प्रतिनिधिसभाको बैठक आजपनि स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते का लागि सारिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल अवैध सुन तस्कर प्रकरण मा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान राख्दै निरन्तर संसद् बैठक अवरोध गरिरहेको छ ।
नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको गर्नुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग राखेकाे थियाे । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न र राजीनामा अस्वीकार गर्दै आएको छ ।
आजकाे बैठकमा एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।
सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक साउन २२ गते दिउँसो १ बजेका लागि तोकिएको छ ।