ग्यासको मूल्य घट्याे, पेट्रोलियम पदार्थको ह्वात्तै बढ्यो

काठमाडौं, १७ साउन । एलपीजी ग्यासको मूल्य आजदेखि घटेकाे छ भने पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ।

नेपाल आयल निगमले आज एक सूचना जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमको हिजाे बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा क्रमशः प्रतिलिटर ९ र ७ रुपैयाँले वृद्धि गरेको छ ।

निगमको नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १७३, दोस्रो वर्गको १७२ र तेस्रो वर्गको पेट्रोल १७०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

त्यस्तै, एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाइएको आयोगले जनाएकाे छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज आएको नयाँ मूल्यअनुसार मूल्य समायाेजन गरिएकाे निगमकाे भनाइ छ ।