विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे थुनामुक्त

काठमाडौं, १८ साउन । अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छन् । जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई छाडिएको हाे ।

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा हिजाे पक्राउ परेकी पाण्डेलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौं जनाएकाे छ ।

पाण्डेले दुई साताअघि एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाउँदै दिएको उजुरीको आधारमा बुधबार बिहान पक्राउ गरिएकी उनलाई अदालतले प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै हिरासतमा रहेका उनलाई थुनामुक्त गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *