लोडसेडिङको कहरमा मुलुकका सहरः तालिका निकाल्न कुलमानलाई प्रचण्डको डर !

काठमाडौं, १८ साउन । ‘अघोषित लोडसेडिङले आम मान्छेको दैनिकी लथालिङ्ग ! एउटा व्यक्तिको प्रायोजित लोकप्रियता जोगाउन लाखांै मान्छेले हरेक दिन आकस्मिक अन्धकार भोग्नु पर्ने ? तालिकाबिनाको लोडसेडिङ्ले भात भान्साकै समय अस्तव्यस्त ! आपूर्ति समस्या हो भने किलियर गर्नु, होइन भने जिम्मेवारी र कमजोरी स्वीकार्नु ! जस लिनेले दोष पनि बोक्नुपर्छ ।’ मात्रिका पौडेल ।

‘हिजो–आजको अघोषित लोडसेडिङले कुलमानलाई भगवानबाट मान्छे बनाइरहेको छ । धन्न दोस्रोपल्ट नियुक्ति दिलाएर मान्छेलाई मान्छे बन्ने अवसर दिए !’ प्रकाश ढकाल । पौडेल र ढकाल दुबैजना सञ्चारकर्मी हुनुहुन्छ । पौडेल नेपाल प्रेसको प्रधानसम्पादक र ढकाल देशसञ्चारको वरिष्ठ सम्वाददाता हुनुहुन्छ ।

अघोषित लोडसेडिङबाट दिक्क बनेपछि व्यक्त पौडेल र ढकालका यी विचार प्रतिनिधि विचार हुन् । अहिले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले गरिरहनु भएको छ । उहाँ पहिलो पटक एमडी हुँदा नै विद्युत् आपूर्ति कटौती (लोडसेडिङ) अन्त्य भएको घोषणा गर्नुभएको थियो । त्यहिकारण उहाँको पहिलो कार्यकाल सेलिब्रेटी छविमै व्यथित भयो ।

विधुत् प्राधिकरणमा पहिलो कार्यकाल बिताएर घिसिङ २०७७ भदौमा बिदा हुनुभएको थियो । त्यतिबेलासम्म घिसिङले नै लोडसेडिङको अन्त्य गरेको हो भनेर उहाँलाई भगवान पुकार्नेहरुको लर्को निकै लामो थियो । उहाँका कमजोरीबारे त्यतिबेला कसैले लेख्ने र बोल्ने आँट समेत गर्न सक्दैनथे । यतिसम्म कि उहाँको विरोध गर्नु भनेको साक्षत भगवानको विरोध गर्नु हो भन्ने ढंगले विरोध गर्नेहरुको आलोचना हुन्थ्यो ।

विधुत् प्राधिकरणमा पहिलो कार्यकाल बिताएर घिसिङ २०७७ भदौमा बिदा हुनुभएको थियो । त्यतिबेलासम्म घिसिङले नै लोडसेडिङको अन्त्य गरेको हो भनेर उहाँलाई भगवान पुकार्नेहरुको लर्को निकै लामो थियो । उहाँका कमजोरीबारे त्यतिबेला कसैले लेख्ने र बोल्ने आँट समेत गर्न सक्दैनथे । यतिसम्म कि उहाँको विरोध गर्नु भनेको साक्षत भगवानको विरोध गर्नु हो भन्ने ढंगले विरोध गर्नेहरुको आलोचना हुन्थ्यो

तर, जब उहाँ २०७८ साउनमा माओवादीको जोडबलमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा पुनः नेतृत्वमा आउनुभयो । त्यसपछि भने उहाँको त्यो छवि विस्तारै ओरालो गतिमा लाग्दै आएको देखिन्छ । नेपाल विद्युत प्राधिकरणमा दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशकको जिम्मेवारीमा कुलमान घिसिङको ‘इन्ट्री’ ले कतिसम्म खराव संकेत देखाएको छ भन्ने तथ्यलाई पनि यी माथिका दुई विचारले प्रतिनिधित्व गर्छन् ।

साँझबिहान ‘पीक आवर’मा बिजुली जाने–आउने (ट्रिपिङ) भइरहेको छ अर्थात् घिसिङले पहिलो कार्यकालमा गरेको घोषणा अहिले उहाँको दोस्रो कार्यकालमा असफल सावित भएको छ र झ्याप–झ्याप विद्युत् जाने समस्याका कारण हैरानी खेप्न जनताहरु बाध्यछन् । बीचमा करीब आठ महिना हितेन्द्रदेव शाक्यले प्राधिकरणको नेतृत्व सम्हाल्नु भयो । त्यसबाहेक पछिल्लो ७–८ वर्षदेखि प्राधिकरणको नेतृत्वमा घिसिङकै हालिमुहाली हुँदै आएको छ ।

यतिसम्म कि प्राधिकरणमा लामो समय व्यथित गर्नुभएका र अनुभवी हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक रहेका बेला घिसिङले शाक्यलाई प्राधिकरणको नाफा घटाएको, विद्युत आपूर्ति अनियमित भएको र चुहावट बढाएको जस्ता आरोप लगाएर कमजोर बनाउने र कुर्सी हत्याउने खेलमा आफूलाई अहोरात्र समाहित गराउनु भएको थियो ।
३३ वर्ष भन्दा बढी प्राधिकरणमा रहेर प्राधिकरण राम्ररी बुझ्नु भएका शाक्यले आफ्नो चारवर्षे कार्यकालमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने जस्ता योजना बनाउनु भएको थियो । तर, बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको आर्शिवादका कारण शाक्यको त्यो योजना सफल हुन नपाउँदै प्राधिकरणमा घिसिङको ‘इन्ट्री’ भयो ।

विद्यूत् प्राधिकरणको सुधारको योजना भन्दा पनि माओवादीको योजनामा दोस्रो कार्यकालका लागि ‘इन्ट्री’ गर्नुभएका घिसिङ पछिल्लो समय विस्तारै सामाजिक सञ्जालमा समेत ट्रोल बन्न थाल्नु भएको छ । त्यसको एउटा उदाहरण केही समय अघि एक कार्यक्रममा उहाँले दिएको विवादास्पद अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा काफी हुन्छ ।

विद्यूत् प्राधिकरणको सुधारको योजना भन्दा पनि माओवादीको योजनामा दोस्रो कार्यकालका लागि ‘इन्ट्री’ गर्नुभएका घिसिङ पछिल्लो समय विस्तारै सामाजिक सञ्जालमा समेत ट्रोल बन्न थाल्नु भएको छ

उहाँले केही समय अघि एक कार्यक्रममा उहाँले ‘विजुली गए दाउरा बाल्नु’ भनेर दिएको अभिव्यक्ति निकै विवादित बनेको छ । उहाँको त्यो भनाइसहितको भिडियो सार्वजनिक भएसँगै ट्विटरमा उहाँको अत्याधिक आलोचना भएको छ । ‘पहिला भात पकाउने बेलामा बत्ती जाँदैन भन्ने ग्यारेण्टी गर । बत्ती झ्याप्प–भ्याप्प गरेर भात नखाई अफिस जानु परेको छ । कति चोटी बस छुटेर विदा बस्नु परेको छ ।

अनलाइनमा काम गर्न बस्यो फ्याट् बत्ती जान्छ । वाहियात घिसिङ ! लोडसेडिङ चार्ट निकालेर सोही अनुसार बत्ती काट् अनि कुरा गर ।’ दामु शर्मा नामको एकाउण्टबाट उहाँको यसरी विरोध भएको छ । त्यसैगरी प्रकाश दाई नामको एकाउण्टबाट पनि घिसिङको विरोध गर्दै यस्तो कमेण्ट गरिएको छ । ‘हजुर कुलमान सर, तपाईँको घर कहाँ हो उतै आउँछौँ विजुली बाल्न, मेरो घरमा त सोलार नै प्रयोग छ । २० वर्षदेखि । यो कति वर्षसम्म चलाउनु पर्ने हो थाहा छैन ।’

यी दुई तथ्यले पनि कुलमान पछिल्लो समय काममा भन्दा पनि प्रचण्डको आर्शिवादमा चल्दा प्राधिकरण कतिसम्म कमजोर अवस्थातर्फ लम्किदैँ र जनता हैरानी खेप्न वाध्य छन् भन्ने कुराको संकेत गर्छ ।

यी दुई तथ्यले पनि कुलमान पछिल्लो समय काममा भन्दा पनि प्रचण्डको आर्शिवादमा चल्दा प्राधिकरण कतिसम्म कमजोर अवस्थातर्फ लम्किदैँ र जनता हैरानी खेप्न वाध्य छन् भन्ने कुराको संकेत गर्छ ।

कुलमानको आफ्नो स्वार्थ भन्दा पनि माओवादीको स्वार्थमा प्राधिकरणको ‘दोस्रो इन्ट्री’ हो भन्ने पत्याउने प्रसस्त आधार पछिल्लो समय छर्लङ्ग देखिन थालेसँगै कुलमान छवि पनि ओरालो लाग्दै आएको प्रष्ट देखिन्छ ।

पहिलो कार्यकालमा सेलिब्रेटी छविका कारण कुलमानले आफ्ना कमजोरीलाई कुल्चदैँ अघि बढ्दै आए पनि यो कार्यकाल भने त्यति सहज नदेखिने संकतहरु मिल्न थालेका छन् । उनले पहिलो कार्यकालको चार वर्ष र दोस्रो कार्यकालको अहिलेसम्मको करीब दुई वर्षको अवधिमा थुप्रै ठेक्काहरु अघि बढाए पनि अहिलेसम्म सम्पन्न हुन सकेका छैनन् ।

प्राधिकरण बुझेका केही विज्ञहरुको तथ्यलाई आधार मान्ने हो भने थुप्रै आयोजनाबाट कुलमान र उहाँको टीमले कमिसन लिए पनि आयोजनाहरु सफल हुन सकेका छैनन् । भाइ–भतिजा र आसेपासेलाई सहायक ठेकेदारको भारी बोकाउने कुलमानको मोह र कमिसनको चक्करको खेलका कारण पछिल्लो समय प्राधिकरण विस्तारै धरासायी बन्दै जाने खतरामा रहेको भन्दै कुलमानमाथि असन्तुष्टिका आवाजहरु पनि बलियो बन्दै जान थालेका छन् ।

कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेको लामो समय वितिसक्दा पनि निजी क्षेत्रको बिजुली प्रसारण लाइनमा जोड्नेलगायतका काममा उहाँको ध्यान पुगेको देखिँदैन । जसका कारण उत्पादित बिजुली खेर गैरहेको छ भने व्यापार घाटा पनि बढिरहेको छ । यस्तो अवस्थामा प्राधिकरणको ध्यान खपत बढाउने र गुणस्तरीय सेवा दिनेमा केन्द्रित हुन सकेको छैन । यसलाई पनि प्राधिकरण बुझेका व्यक्तिहरु खराव संकेतका रुपमा अथ्र्याउने गर्छन् ।

अहिले प्रचण्ड नेतृत्वको सरकारले उर्जा, सञ्चार, जस्ता मन्त्रालय आफूसँग राखेको छ । ती संस्थाको उन्नतीमा भन्दा पनि माओवादी पछिल्लो सयम आफू अनुकुलका व्यक्तिलाई जिम्मेवारी दिएर धनआर्जनमा बढी केन्द्रित भएको देखिन्छ । त्यो दुर्भाग्य प्राधिकरणमा पनि देखिएको छ ।

कुनै समय सेलिब्रेटीको ताजमा रमाउँदै आउनु भएका कुलमानले लोडसेडिङलाई लोडसेडिङ भनेर तालिका निकाल्ने आँट नगर्नुको पछाडि माओवादीकै लवीले काम गरेको हो कि भन्ने अनुमानलाई समेत पुष्टि गर्ने आधारहरु देखिन थालेका छन् । गत निर्वाचनका बेला समेत ‘उज्यालोका अभियन्ता’ भनेर एकातिर माओवादी अध्यक्ष र अर्कोतिर कुलमानको तस्बिर राखेर पोष्टर निकाल्ने माओवादीलाई अहिले पनि लोडसेडिङ अन्त्यको जस आफैँले लिने रहरमा कमी आएको छैन । अहिले उर्जाको नेतृत्व माओवादीले गरेको छ भने प्रधानमन्त्री स्वयं प्रचण्ड हुनुहुन्छ । यस्तो बेलामा प्राधिकरणले लोडसेडिङको तालिका निकाल्यो भने यस्को अपजस माओवादीलाई जाने डरका कारण पनि लोडसेडिङ तालिका निकाल्न प्राधिकरण हच्किएको भन्ने अनुमान गर्ने आधारहरु पनि देखिएका छन् ।

अहिले वर्षात्को मौसम हो । यतिबेला खोला नालामा पानीको सतह बढेको छ । पानीको बहाव बढेका कारण नदी प्रवाही र जलाशययुक्त आयोजनाबाट उत्पादन हुने बिजुली पनि पूर्ण क्षमतामा उत्पादन भइरहेका छन् । तर, मुलुकको अर्थतन्त्रको मुख्य आधार मानिएको काठमाडौं दैनिक ८–१० पटक बिजुली जाने–आउने समस्याका कारण आम जनता मात्रै होइन उद्योगी–व्यवसायी पनि खपिनसक्नुको हैरानी खेप्न बाध्य छन् ।

अहिले वर्षात्को मौसम हो । यतिबेला खोला नालामा पानीको सतह बढेको छ । पानीको बहाव बढेका कारण नदी प्रवाही र जलाशययुक्त आयोजनाबाट उत्पादन हुने बिजुली पनि पूर्ण क्षमतामा उत्पादन भइरहेका छन् । तर, मुलुकको अर्थतन्त्रको मुख्य आधार मानिएको काठमाडौं दैनिक ८–१० पटक बिजुली जाने–आउने समस्याका कारण आम जनता मात्रै होइन उद्योगी–व्यवसायी पनि खपिनसक्नुको हैरानी खेप्न बाध्य छन्

प्रणालीमा सुधार गर्ने मामिलामा नराम्ररी पछारिनु भएका कुलमान अहिले विभिन्न बहाना बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने काममा दत्तचित्त हुनुभएको गुनासो प्राधिकरण बुझेका प्राधिकरणका पूर्वकर्मचारीहरुले गर्ने गरेका छन् । तर, कुलमान यस्ता खालका गल्ती सुधारतर्फको बाटोमा लाग्ने भन्दा पनि विस्तारै पित्तल बन्दै आएको आफ्नो सेलिब्रेटी छविमा सुनको जलप लगाएर लोडसेडिङ छ भनेर तालिका निकाल्ने कुरामा आनाकानी गरिरहनु भएको छ ।

उर्जा उत्पादकहरुले समेत आफूहरुले बिजुली उत्पादन गरे पनि त्यसको व्यवस्थापन र गुणस्तरीय सेवामा प्राधिकरणले ध्यान नदिएका कारण समस्या बल्झिरहेको भन्दै गुनासो गर्दै आएका छन् ।

माओवादी निकटको ट्याग लगाएर दोस्रो पटक कार्यकारीको पद हत्याउन सफल घिसिङले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेदेखि नै प्राधिकरणमा एकपछि अर्को समस्या देखिन थालेका छन् । प्रसारण लाइन निर्माणको गति अहिले सुस्त छ । त्यति मात्रै होइन विद्युत्लाई घरघरमा पु¥याउने वितरण प्रणाली, ट्रान्सफर्मर आदि पनि उहाँको ६ वर्षे कार्यकालमा क्षमतायुक्त बन्न नसकेको तितो यथार्थ सबैका सामू छर्लङ छ । यसले एकातिर उत्पादन भएको बिजुली खेर जाने र अर्कोतिर अँध्यारोमा बस्नुपर्ने बाध्यतालाई अझै विकराल बनाउने निश्चित जस्तै छ ।

माओवादी निकटको ट्याग लगाएर दोस्रो पटक कार्यकारीको पद हत्याउन सफल घिसिङले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेदेखि नै प्राधिकरणमा एकपछि अर्को समस्या देखिन थालेका छन्

कुनै समय आफूले लोडसेडिङ अन्त्य गरेको र प्राधिकरणमा आफू बाहेक कोही पनि योग्य नभएको भन्दै हिँड्नु भएका घिसिङले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि अघोषित लोडसेसिङको मार खेप्न सर्वसाधारण बाध्य भएका छन् । झ्याप्पझ्याप्प बत्ती जाने, भोल्टेज नपुगेर मशिन नचल्ने लगायत अघोषित लोडसेडिङको समस्याबाट उद्योगी र सर्वसाधारण आजित भएका छन् । तर, यो बारेमा न सरकारले कुनै चासो देखाएको छ न त कुलमानले नै तत्परता देखाउन सक्नु भएको छ ।

प्राधिकरणको कमजोरीकै कारण निजी क्षेत्रले उत्पादन गरेको बिजुली प्राधिकरणले पूर्ण क्षमतामा लिन सकेको छैन । भारतमा बिजुली निर्यात गरेको विज्ञापन गर्दै कुलमानले नेपालको अर्थतन्त्रमा टेवा पुर्याएको भन्दै आफ्नो विज्ञापन गरे पनि यथार्थमा त्यस्तो देखिएको छैन । निजी क्षेत्रको उत्पादन अहिले पनि खेर गएको गएकै छ ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेशराज काफ्ले यी सबै समस्याको जड प्राधिकरणको नेतृत्व भएको बताउनुहुन्छ । नेतृत्वको अक्षमताकै कारण बिजुली आउने–जाने समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै प्राधिकरणको नेतृत्वलाई हल्लामा भन्दा पनि काममा विश्वास गर्न सुझाव दिनुभयो ।